उपनिर्वाचन : एमालेले सिफारिस गर्‍यो बझाङ-१ को लागि तीन जनाको नाम

हिमाल प्रेस २ चैत २०८० ९:१३ | Friday, March 15, 2024
उपनिर्वाचन : एमालेले सिफारिस गर्‍यो बझाङ-१ को लागि तीन जनाको नाम

काठमाडौँ- नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले प्रदेश कमिटीसमक्ष उम्मेदवार सिफारिस गरेको हो। दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको बझाङ जिल्ला कमिटीले जानकारी दिएको छ।

निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारी दर्ताकाे कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त निर्वाचन क्षेत्रका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो।

प्रकाशित: २ चैत २०८० ९:१३ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast