उद्योग वाणिज्यमन्त्रीलाई नाडाको ११ बुँदे सुझाव

हिमाल प्रेस ९ चैत २०८० १६:२९ | Friday, March 22, 2024
उद्योग वाणिज्यमन्त्रीलाई नाडाको ११ बुँदे सुझाव

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ११ बुँदे सुझाव पेस गरेको छ। नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसँग भेट गरी सुझाव पेस गरेको छ।

गोल्छाले नेपालमा दुईपांगे्र सवारीसाधनहरूको एसेम्बलिङ उद्योग खुल्दै गएको र चारपांग्रे एसेम्बलिङ उद्योग पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरू पर्ख र हेरको अवस्थामा रहेकोले अटोमोबाइल उद्योगलाई अघि बढाउन स्थायी नीति ल्याउन आग्रह गरेका थिए।

सरकारले जारी गरेको एजेन्सी, संशोधन र एकीकरणसम्बन्धी पहिलो संशोधनका केही प्रावधानमा द्विविधा उत्पन्न भएकाले आवश्यक प्रस्टताका लागि मन्त्री भण्डारीसँग अनुरोध गरेको नाडाले जनाएको छ।

सो अवसरमा नाडाका महासचिव सुरेन्द्र उपे्रतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने नीतिगत सुझाव पेस गरेका थिए। मन्त्री भण्डारीले व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निराशालाई चिर्दै आशा जगाउने विश्वास व्यक्त गरे।

छलफलमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनीबाट अभिमन्यु गोल्छा र एमएडब्ल्यू इन्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठ समेतको उपस्थिति थियो।

प्रकाशित: ९ चैत २०८० १६:२९ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast