इलाम-२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार

हिमाल प्रेस १५ चैत २०८० १३:५३ | Thursday, March 28, 2024
इलाम-२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

राप्रपा युवा नेता गुरुङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए। उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन्।

 

प्रकाशित: १५ चैत २०८० १३:५३ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast