आज प्रतितोला कति पुग्यो सुनको मूल्य?

हिमाल प्रेस १ चैत २०८० ११:३८ | Thursday, March 14, 2024
आज प्रतितोला कति पुग्यो सुनको मूल्य?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा ८०० रुपैयाँ बढेको जनाएकाे हो।

महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ। चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १ चैत २०८० ११:३८ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast