आइएमई पे एपमार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्या बढ्यो

हिमाल प्रेस ७ चैत २०८० १३:१४ | Wednesday, March 20, 2024
आइएमई पे एपमार्फत रिफन्डेबल हवाई टिकट प्रयोगकर्ताको संख्या बढ्यो

काठमाडौँ- डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या हजारौँ पुगेको छ।

सहज फिचरसँगसँगै प्रयोगकर्ताले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आईएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको आईएमई पेले जनाएको छ।

आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सक्छन्।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए।

प्रकाशित: ७ चैत २०८० १३:१४ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast