२९,९९९ रुपैयाँको ५१२ जीबी फोन अनर एक्स ८ बी नेपालमा

हिमाल प्रेस १७ फागुन २०८० १५:२५
२९,९९९ रुपैयाँको ५१२ जीबी फोन अनर एक्स ८ बी नेपालमा

काठमाडौँ-  अनरले बार्सिलोनामा आयोजित एमडब्ल्यूसीमा आफ्नो नयाँ टेक्नोलोजी अनर म्याजिक ६ सिरिज, अनर म्याजिक भी२ सिरिज र अनर म्याजिक बुक प्रो १६ सार्वजनिक गरेको छ।

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स ८ बी आधिकारिक रुपमा सार्वजनिक भएको जानकारी गराएको छ फेब्रुअरी २८ मा प्रि(बुकिङ सकिएपछि यो अब नेपालभर खरिदका लागि उपलब्ध रहेको सेलट्रनले जनाइको छ।

अनर एक्स ८ बीमा ९१६ं५१२० जीबी भेरियन्ट रहेको छ जहाँ १६ जीबी मा ८ जीबी आन्तरिक र ८ जीबी अनर र्याम टर्बो समावेश छ। कम्पनीका अनुसार यो मूल्य रेन्जमा विशाल कम्प्युटर स्तर स्टोरेज प्रदान गर्ने पहिलो स्मार्टफोन मध्ये एक हुनेछ।

यसमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एम पी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा प्रणाली छ। साथै अत्याधुनिक ६।७ इन्चको आँखा कम्फर्ट ब्राइट एमोलेड डिस्प्ले रहेको छ। सेलट्रोन नेपालले १६ं५१२ जीबी भेरियन्ट रहेको अनर एक्स ८ बीको मूल्य २९ हजार ९९९ रुपैयाँ तोकेको छ।

प्रकाशित: १७ फागुन २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =