ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा चार हजार बढी सहभागी

हिमाल प्रेस १७ फागुन २०८० १५:१५
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा चार हजार बढी सहभागी

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा-युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ।

मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजारभन्दा बढी मानिसलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो।

बैंकले बागमती प्रदेशको मध्यपुर ठिमी नगरपालिका, गोसाइकुण्ड गाउँपालिका, चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सात सयभन्दा बढी व्यक्तिहरुको सहभागिता थियो।

गण्डकी प्रदेशअन्तर्गत ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, कुस्मा नगरपालिका र पोखरा महानगरपालिकाको कार्यक्रममा नौ सयभन्दा बढी स्थानीयको सहभागिता थियो।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, शिवराज नगरपालिका, घोराही उपमहानगरपालिका, रेसुंगा नगरपालिका, इस्मा गाउँपालिका, बर्दघाट नगरपालिका, तानसेन नगरपालिका, प्युठान नगरपालिका, परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा एक हजार आठ सयभन्दा बढीको सहभागिता रहेको थियो।

सुदूरपश्चिम प्रदेशअन्तर्गत दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बढिमालिका नगरपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, अजयमेरु गाउँपालिका, भीमदत्त नगरपालिका र धनगढी उपमहानगरपालिकाको कार्यक्रममा सात सय ५० भन्दा बढी लक्षित वर्गहरुको सहभागिता थियो।

प्रकाशित: १७ फागुन २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =