खुद्रा विक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै एनसेल

हिमाल प्रेस १७ फागुन २०८० १५:०५
खुद्रा विक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै एनसेल
काठमाडौँ-  एनसेलले आफ्ना खुद्रा विक्रेता, साना पसल गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ। आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको हो।
कार्यक्रम देशभर रहेका ५० हजार बढी खुद्रा विक्रेताहरूलाई लक्षित रहेको एनसेलले जनाएको छ। कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन्। यसरी आर्जन गरिएको प्वाइन्टका आधारमा टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरूसहित विभिन्न आकर्षक उपहारहरू पाउने एनसेलको विज्ञप्तिमा उल्लेख छ।
खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्। एपमार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन्।
कार्यक्रमअन्तर्गत, राम्रो कार्य गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ। खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ।
कार्यक्रममा पाँच सयभन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन्। प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिने एनसेलले जनाएको छ।
प्रकाशित: १७ फागुन २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =