ग्राहकलाई फेरि आकर्षित गर्दै भिभो भी३०

हिमाल प्रेस १७ फागुन २०८० १५:०५
ग्राहकलाई फेरि आकर्षित गर्दै भिभो भी३०

काठमाडौँ– भिभोले रिलिज गर्न लागेको भिभो भी३० ले ग्राउन्डब्रेकिङ टेक्नोलोजीको साथ प्रयोगकर्तालाई आकर्षित पार्ने भएको छ। यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता गरेको छ।

भिभोको स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राखिएको जनाएको छ। भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ।

यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणसहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ। साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिने कम्पनीको दाबी छ।

प्रकाशित: १७ फागुन २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =