नामीमा दीक्षान्त समारोह

हिमाल प्रेस १७ फागुन २०८० १४:५२
नामीमा दीक्षान्त समारोह

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरमा (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट) नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ। बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो।

समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइन्स, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए।

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेन्नले स्नातक उपाधि हस्तान्तरण गरेका थिए। दीक्षान्त समारोह कलेजकी चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो। नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन्।

प्रकाशित: १७ फागुन २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =