
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो भन्ने प्रश्न गरेका छन्।
बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले जनताले बनाएका संरचनामा प्रयोग हुने छडजन्य सामग्रीको गुणस्तर मापन हुन नसकेको बताए। उनले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्री नागरिकले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए।
सांसद अर्याले जनतालाई गुणस्तरहीन सामग्रीहरू बेच्ने कुरा सरकारविहीन जस्तो अनुभूति भएको बताए। उनले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको बताए। गुणस्तरहीन सामग्रीको प्रयोग बन्द गर्न आवश्यक रहेको उनको भनाइ छ।
सांसद आर्यालले नेपालमा आएर काम गरिसकेपछि मजदुरहरूलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताए।