विश्व कार पुरस्कारको शीर्ष तीनमा बीवाईडी

हिमाल प्रेस १७ फागुन २०८० १३:५५
2
SHARE
विश्व कार पुरस्कारको शीर्ष तीनमा बीवाईडी

काठमाडौँ- जेनेभा मोटर सोमा वोर्ल्ड कार अवार्ड २०२४काको लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यसमा बीवाईडीको मोडल बीवाईडी सिलले ‘वर्ल्ड कार ओफ द यर’ र बीवाईडी डल्फिनले ‘वोर्ल्ड अरबन कार’ श्रेणीहरूमा शीर्ष तीन स्थान हासिल गर्दै प्रतिस्पर्धामा अगाडि बढेका छन्।

बीवाईडीले ‘वोर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एकमात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ। विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारका रूपमा चिनिएका ‘वोर्ल्ड कार अवार्ड’, ‘युरोपियन कार ओफ द यर’ र ‘नर्थ अमेरिकन कार ओफ द यर’ प्रशंसित छन्।

बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्‌याएको हो। बीवाईडीले छ महादेशका ७० देशका चार सयभन्दा बढी सहरमा प्रभावकारी उपस्थिति जनाएको छ।

प्रकाशित: १७ फागुन २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =