क्षयरोग लाग्दा देखिन्छन् यस्ता लक्षण

हिमाल प्रेस १६ फागुन २०८० ७:०९
क्षयरोग लाग्दा देखिन्छन् यस्ता लक्षण

एजेन्सी- फोक्सो बाहेक पेटमा पनि टीबी (क्षयरोग) रोग लाग्न सक्छ । समयमा यसको उपचार नगर्दा यो ठूलो समस्या पनि बन्न सक्छ ।

यस्तोमा पेटमा टीबीका लक्षण र उपचारका बारेमा जान्नुहोस् ।

विशेषज्ञ डाक्टरको भनाइअनुसार टीबी हुँदा पेट दुख्ने तथा दिशामा रगत देखिने जस्ता समस्या हुन थाल्छन् । यस्तोमा यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग चेकजाँच गराउनुहोस् ।

  • यदि कसरत नगरी तपाईंको तौल तीव्र गतिमा कम भइरहेको छ भने पेटमा टीबीको लक्षण हुन सक्छ । यस्तो भएमा तुरुन्त डाक्टरलाई देखाउनुहोस् ।
  •  खाना खाएपछि वान्ता हुनु पेटमा टीबीको प्रमुख लक्षण हुन्छ । पेटमा टीबी हुँदा पाचन प्रणाली पूर्ण रुपमा प्रभावित हुन्छ ।
  • पेटमा टीबी भएपछि भोकमा पनि कमी हुन थाल्छ जसले गर्दा तपाईंको तौल तीव्र गतिमा कम हुन थाल्छ ।
  • पेटमा टीबी हुँदा तल्लो भागमा कडा दुखाई हुन्छ । यस्तो भएमा पनि तपाईंले डाक्टरसँग तुरुन्तै सल्लाह लिनुपर्छ ।
  • लामो समयसम्म कब्जियत हुनु पनि पेटमा टीबीको मुख्य लक्षणमा पर्दछ । जसले गर्दा अपच तथा ग्यासको समस्या पनि हुन सक्छ ।
  • डाक्टरले पेटमा टीबी भएको शंका लागे अल्ट्रासाउन्ड र ईएसआर टेस्ट गर्ने सल्लाह दिन्छन् । जसको जाँचपछि उपचार सुरु हुन्छ ।

 

प्रकाशित: १६ फागुन २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast