नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

हिमाल प्रेस १५ फागुन २०८० १३:१४
10
SHARES
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौँ– त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो।

नामिबियाका लफ्टी इटनले सतकीय पारी खेले। उनले ३४ बलमा सतक पूरा गरे। उनी ३६ बलमा १०१ रन बनाउँदै अविनाश बोहराको बलमा आउट भए। यस्तै नामिबियाका मलान क्रुगरले ४८ बल खेल्दै ५९ रन बनाए।

नामिबियाका मिचेल भान लिंगेनले २० रन बनाए भने जेपी क्रोज ११ रन बनाएर आउट भए। नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १/१ विकेट लिए।

प्रकाशित: १५ फागुन २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =