जुवा खालबाट १० जना पक्राउ

हिमाल प्रेस १४ फागुन २०८० ७:३६
26
SHARES
जुवा खालबाट १० जना पक्राउ फाइल तस्बिर

काठमाडौँ- जुवा खालबाट १० जना पक्राउ परेका छन्। काठमाडौँको महाराजगन्जस्थित ​जुवा खेलाइरहेको विनिता गिरीको फल्याटमा आइतबार छापा मारेर प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक लाख ४७ हजार रुपैयाँ नगद र आठ थान ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-९ का ५८ वर्षीय प्रेम अर्याल, वडा नम्बर ३ का ५० वर्षीय राम लामा, संखुवासभाको चिचिला गाउँपालिका-३ का ४२ वर्षीय चेतन राई र दोलखा भिरकोट नगरपालिका- ४ का ३३ वर्षीय दीपक शर्मा रहेका छन् ।

यस्तै, सोलुखुम्बुको सोताङ गाउँपालिका-१ का ४० वर्षीय खगेन्द्र लामिछाने, काठमाडौंको तार्केश्वर नगरपालिका-६का ४० वर्षीय एकलाल आमगाई, म्याग्दीको बेनी १ का ३३ वर्षीय पुनम थापा पक्राउ परेका छन्।

यस्तै, पक्राउ पर्नेमा ज्यामिरे गाउँपालिका-१२ की २९ वर्षीया दिपा कार्की, सुनसरीको धरान उपमहानगरपालिका-४ कि ४३ वर्षीया बिनीता गिरी र काठमाडौंकै ३९ वर्षीया मनिषा कार्की रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: १४ फागुन २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =