राष्ट्रियसभा अध्यक्ष कांग्रेसबाटै हुनुपर्छ : रमेशजंग रायमाझी

हिमाल प्रेस १३ फागुन २०८० १५:३६
80
SHARES
राष्ट्रियसभा अध्यक्ष कांग्रेसबाटै हुनुपर्छ : रमेशजंग रायमाझी

काठमाडौँ- नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन्। आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

राष्ट्रियसभा र समितिहरूमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै उनले अब कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए।

यस्तै, नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी काम गर्ने बताए। उनले संविधानको लक्ष्यानुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे।

गएको राष्ट्रियसभा निर्वाचनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहरा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: १३ फागुन २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast