नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स

हिमाल प्रेस १३ फागुन २०८० ११:३७
नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विलर पार्ट्स

काठमाडौँ– भारतको प्रतिष्ठित व्यावसायिक समूह एबी ग्रुपले नेपाली बजारमा एमके र एमके मोटो ब्रान्डका टु ह्विर पार्ट्स उपलब्ध गराउने भएको छ। नेपाली बजारमा पहिलेदेखि नै विभिन्न ब्रान्डका टु ह्विलर पार्ट्स उपलब्ध गराउँदै आएको पौडेल इन्टरप्राइजेजले अब यी ब्रान्डका पार्ट्ससमेत उपलब्ध गराउने भएको हो।

एबी ग्रुप र पौडेल इन्टरप्राइजेजले व्यापारिक साझेदारीको घोषणा गरेका छन्। रिटेलर गेट टुगेदर नाम दिइएको सो कार्यक्रममा एमके र एमके मोटो ब्रान्डका विभिन्न पार्ट्स समेत सार्वजनिक गरिएको थियो।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर ऋषभ भण्डारी, एमके अटोमोटिभ इन्डियाका नेसनल सेल्स एड्भाइजर एसबीएम तिवारी, एचआर हेड पंकज चौहान र सिनियर एडमिन अफिसर खालिद सिद्दिकी तथा पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर नारायणप्रसाद पौडेल (राजन) ले पार्ट्स सार्वजनिक गरेका थिए।

एबी ग्रुपका म्यानेजिङ डाइरेक्टर भण्डारीले सन् १९५९ देखि नै विभिन्न मोडलका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको एबी ग्रुपले नेपाली बजारमा पहिलोपटक आफ्नो ब्रान्ड उपलब्ध गराएको बताए। सधैँ गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको मान्यतालाई आगामी दिनमा समेत सदैव पालना गर्ने उनको भनाइ छ।

पौडेल इन्टरप्राइजेजका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजनले विगत २५ वर्षदेखि दुईपांग्रे सवारीसाधनका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइरहेको जानकारी दिए।

अब थप गुणस्तरीय उत्पादन एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ एमके ब्रान्ड रोजेको उनको भनाइ छ। एबी ग्रुपअन्तर्गतको एमके अटोमोटिभले उत्पादन गर्ने एमके र एमके मोटो ब्रान्डका गुणस्तरीय इनर क्लच, क्लच एसेम्बली, क्लच हब प्लस सेन्टर, क्लच प्लेट, ब्रेक सु, क्लच सु र डिस्क ब्रेक जस्ता फ्रिक्सन प्रोडक्ट पौडेल इन्टरप्राइजेजले उपलब्ध गराउनेछ।

प्रकाशित: १३ फागुन २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =