राजदूत अधिकारीले दिए पाकिस्तानी व्यवसायीलाई चेम्बर इक्स्पो र लगानी सम्मेलनको निम्तो

हिमाल प्रेस १२ फागुन २०८० १९:१५
14
SHARES
राजदूत अधिकारीले दिए पाकिस्तानी व्यवसायीलाई चेम्बर इक्स्पो र लगानी सम्मेलनको निम्तो

काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानस्थित सियालकोट चेम्बर अफ कमर्स तथा उद्योगको भ्रमण तथा चेम्बरका अध्यक्ष अब्दुल गफूर मलिकलगायत पदाधिकारीसँग भेटवार्ता गरेका छन्। सो क्रममा राजदूत अधिकारी पाकिस्तानी व्यवसायीलाई मार्चमा हुन लागेको नेपाल चेम्बर इक्स्पो र अप्रिलमा नेपालले गर्न लागेको लगानी सम्मेलनकाे निम्तो दिएका छन्।

पाकिस्तानी व्यवसायीलाई नेपालमा लगानीका लागि सहयोग गर्न नेपाल सरकार तयार रहेको र यसले दुई देशबीच व्यापारिक, लगानी र प्राविधिक सहयोग बढ्ने राजदूत अधिकारीले सो अवसरमा धारणा राखेको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत अधिकारीले दशकदेखि रोकिएको पाकिस्तानमा नेपाली चिया निर्यात हालै सुरु भएको, नेपाली शेर्पाले पाकिस्तानमा हिमाल आरोहणका लागि विदेशी पर्यटक ल्याउने गरेको जस्तो प्रसंग निकाल्दै अधिकारीले दुई देशबीचको लगानी, पर्यटन, व्यापारलगायत आर्थिक क्षेत्रमा अझ सम्बन्ध बढाउन आवश्यक भएको बताए।

अध्यक्ष अब्दुलले राजदूत अधिकारीको भव्य स्वागत गर्दै नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्ध रहेको बताए। नेपाल पाकिस्तानबीतको सम्बन्ध स्थापनाको ६४ वर्ष यसै वर्ष पूरा हुने जनाउँदै उनले दुवै देशले आर्थिक सम्बन्ध प्रगाढ बनाउन जोड दिनुपर्ने बताए।

खेलकुद, सर्जिकल तथा किचनसम्बन्धी सामान उत्पादनको दृष्टिले सियालकोट हब बनेकोमा प्रशंसा पनि गरे। सियालकोट सहर खेलकुद, सर्जिकल र किचेनका सामान उत्पादनमा प्रसिद्ध छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =