पूर्वी चीनमा आगलागी हुँदा १५ जनाको मृत्यु

हिमाल प्रेस १२ फागुन २०८० १४:५३
8
SHARES
पूर्वी चीनमा आगलागी हुँदा १५ जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

नानजिङ- पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ। उक्त घटनामा ४४ जना घाइते भएका बताइएको छ। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाइएकाे छ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस/एएफपी

प्रकाशित: १२ फागुन २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =