हेर्नुहोस् आजको मुद्रा विनिमय दर

हिमाल प्रेस १२ फागुन २०८० ७:०८
12
SHARES
हेर्नुहोस् आजको मुद्रा विनिमय दर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर, बेलायती पाउन्ड, कुबेती दिनार लगायतका विदेशी मुद्राको मूल्य बढ्दा युरोपियन युरो, अस्ट्रेलियन डलरेसहितका केही मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४० र बिक्रीदर १४४ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४८ र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७९ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४१ पैसा थियो।

प्रकाशित: १२ फागुन २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =