एमालेले सोध्यो : प्रधानमन्त्रीलाई प्रश्न गर्दा सत्तापक्ष सांसदले पाखुरा सुर्कने?

हिमाल प्रेस ११ फागुन २०८० १४:०२
8
SHARES
एमालेले सोध्यो : प्रधानमन्त्रीलाई प्रश्न गर्दा सत्तापक्ष सांसदले पाखुरा सुर्कने? महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेले संसद्‌मा प्रमुख प्रतिपक्षी दलले सोधेका विषयमा सरकार भागेको आरोप लगाएको छ। एमालेका सचेतक महेक बर्तौलाले संसद्‌मा उठेका विषयप्रति सरकार गम्भीर नहुँदा समस्या बढीरहेको बताएकाहुन्।

आजको संसद् अवरोधपछि स्थगित भएको छ। प्रतिपक्षी दलहरूले विरोध कायम राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गरे पनि एक घन्टा भइसक्दा समेत सुरु हुन सकेको छैन। एमालेले सरकार पक्षका सांसदले नै सदन अवरोधको वातावरण बनाएको बताएको छ।

‘एमालेले संसद् अवरोध गरेको होइन। सरकारपक्षका सांसदले नै संसद्‌मा अवरोधको अवस्था बनाए, ‘ उनले भने, ‘हामीले प्रश्न गर्नै नहुने? सरकारका सांसदहरू पाखुरा सुर्कने? यो ठिक भएन। प्रधानमन्त्री सहभागी नहुने। अनि सांसदलाई पौँठेजोरी खेल्न पठाउने?’

सरकारले राम्रो काम नगरेको कारण व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ। उनले भने, ‘व्यवस्थाप्रति जनताको विश्वास भरोसा कायम राख्न जरुरी छ। सरकारले डेलिभरी राम्रोसँग गर्न सकेन। जनता आक्रोशित भए।’

एमालेले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिए सदन अघि बढ्न नसक्ने पनि बताएको छ।

 गणपूरक संख्या नपुगेपछि बिहीबार विधेयक पेस गर्ने कार्यसूची हटाइएको विषयमा सांसदहरूबीच भनाभन भएपछि विवाद सुरु भएको थियो।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पार्टीका सांसदहरू महासमिति बैठकमा व्यस्त रहेका बेला राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने क्रममा अनौठो नाटक मञ्चन भएको बताए। गणपूरक संख्या पुग्ला भनेर प्रतिपक्षी सांसद उठेर बाहिर गएको आरोप केसीको थियो।

प्रकाशित: ११ फागुन २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =