बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल

हिमाल प्रेस ११ फागुन २०८० १२:४४
16
SHARES
बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ। चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ। सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए। उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो।

चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताए। ‘बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ। क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ’, उनले भने।

बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०/१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताए।। उनका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ।

अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताए। भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उनको भनाइ थियो। रासस

प्रकाशित: ११ फागुन २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =