प्रतिपक्षीको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस ११ फागुन २०८० १२:२१
6
SHARES
प्रतिपक्षीको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित प्रतिनिधिसभाको बैठक।

काठमाडौँ– प्रतिपक्षी दलहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन्। शुक्रबारको संसद बैठकको आकस्मिक समयमा सत्ता र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप भएको थियो।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजन्द्रकुमार केसीले विधेयक पास गराउने बेला प्रतिपक्षी दलहरूले बैठक छाडेर हिँडेको र गणपूरक संख्या पुग्न नदिएको भन्दै आरोप लगाएका थिए। उनले बोलिरहँदा प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले केसी बोल्दाबोल्दै रोकेर प्रतिपक्षी दललाई बोल्न दिने प्रयास गरेपछि झन् विरोध बढेको थियो। अवरोधकै कारण सदन बैठक १५ मिनेटका लागि स्थगन भएको छ।

प्रकाशित: ११ फागुन २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =