मोरङमा गाडी पल्टियाे, एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

हिमाल प्रेस ११ फागुन २०८० ११:१०
44
SHARES
मोरङमा गाडी पल्टियाे, एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

इटहरी- मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रञ्जनकुमार दाहालका अनुसार आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ का ६० वर्षीया ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो। ज्योतिका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शुक्रबार बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ। लहरीले थिचेर तीनजना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलबाट ढुंगा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको डीएसपी दाहालले बताए।

प्रकाशित: ११ फागुन २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =