देशभरको मौसम बदली, केही भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस १० फागुन २०८० ७:००
12
SHARES
देशभरको मौसम बदली, केही भूभागमा वर्षाको सम्भावना पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १० फागुन २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =