त्रास देखाएर ५० लाख माग्ने दुईजना पक्राउ

हिमाल प्रेस ९ फागुन २०८० १७:४८
16
SHARES
त्रास देखाएर ५० लाख माग्ने दुईजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रूपैयाँ माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ का ३६ वर्षीय नरहरि ढुंगाना उपनाम रमेश रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने,‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रूपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।’

पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको र निजहरूका साथबाट प्रहरीले मोटरसाइकल सु.प.प्र. ०१००९ प ६६१० एक थान, विभिन्न कम्पनीका मोबाइलहरू चार थान तथा नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

प्रकाशित: ९ फागुन २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =