टीआरसी विधेयक पीडितले न्याय पाउने गरी टुंग्याउनुपर्छ : ओली

हिमाल प्रेस ८ फागुन २०८० २१:४१
8
SHARES
टीआरसी विधेयक पीडितले न्याय पाउने गरी टुंग्याउनुपर्छ : ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पीडितहरूले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।

पार्टी केन्द्रीय कमिटीको मंगलबारदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन नसकिएको आरोप लगाए। उनले पीडित पक्षले न्याय पाउनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए।

विपक्षी दलका नेता उनले पृथक प्रस‌गमा देश र जनताका मुद्दामा आवश्यक परेमा पार्टीले संसद् र सडकबाट स‌ंघर्ष गर्ने चेतावनी पनि दिए।

आजको बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा महासचिव शंघर पोखरेल र जनसरोकार जनदबाबसम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरे।

बैठकमा प्रस्तुत अवधारणालाई निचोडमा पुर्‍याउन स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ। बुधबारदेखिको बैठकमा समूहगत छलफल हुनेछ।

बैठकमा झुलाघाट-चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानको प्रभावको समीक्षा हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले  जानकारी दिए।

प्रकाशित: ८ फागुन २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =