त्रिवि उपकुलपति टुंगो नलागेको प्रधानमन्त्रीको स्पष्टोक्ति

हिमाल प्रेस ८ फागुन २०८० ९:४५
192
SHARES
त्रिवि उपकुलपति टुंगो नलागेको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्ति प्रक्रिया टुंगो लाग्न अझै केही समय लाग्ने भएको छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्ति प्रक्रिया टुंगोमा नपुगेको बताएका छन्।

सिफारिस समितिको सिफारिस प्राप्त भए पनि यसबारे थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ। गोरखा-पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मंगलबार बिहान  बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘छिट्टै यसबारे निर्णय हुने नै छ तर अहिलेसम्म केही भइसकेको छैन ।’

फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो। सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =