सबै विद्यालय, प्रदेश मन्त्रालय, स्थानीय तहलगायतलाई केन्द्रको यस्तो पत्र

हिमाल प्रेस ५ फागुन २०८० १७:२०
6.1k
SHARES
सबै विद्यालय, प्रदेश मन्त्रालय, स्थानीय तहलगायतलाई केन्द्रको यस्तो पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा द्विविधा तथा अस्पष्टता भई समन्वय र सहजीकरण गर्नुपर्ने भएमा सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न सकिने बताएको छ।

जसका लागि केन्द्रले गत बिहीबार सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय र त्यसअन्तर्गत सम्बद्ध निकायहरू, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाई, ७५३ वटै स्थानीय तह र सबै सामुदायिक विद्यालयहरूलाई पत्र पठाउँदै सो कुरा बताएको हो।

केन्द्रले पत्रमा भनेको छ, ‘प्रस्तुत विषयमा विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) कार्यान्वयनको क्रममा कुनै विषयको कार्यान्वयनमा केहि द्विविधा वा अस्पष्टता भई यस केन्द्रसँग समन्वय र सहजीकरण गर्नुपर्ने भएमा यसैसाथ संलग्न लिष्टमा उल्लिखित शाखा तथा सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न सकिने व्यहोरा निर्णयानुसार अनुरोध छ।’

 पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =