धवलागिरिकी गर्भवतीलाई हेलिकोप्टरमार्फत् पोखरा लगियो

हिमाल प्रेस ५ फागुन २०८० ७:३१
8
SHARES
धवलागिरिकी गर्भवतीलाई हेलिकोप्टरमार्फत् पोखरा लगियो

म्याग्दी- म्याग्दीको विकट धवलागिरि गाउँपालिका-४ मुदीबगरकी एकजना गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।

धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको जानकारी दिए।

‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौँ’, उनले भने, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’

आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सले बताएका छन्। रासस

प्रकाशित: ५ फागुन २०८० ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =