एकीकृत समाजवादीले दियो नेताहरूलाई जिम्मेवारी

हिमाल प्रेस ३ फागुन २०८० १२:२६
20
SHARES
एकीकृत समाजवादीले दियो नेताहरूलाई जिम्मेवारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले संगठन र सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो।

केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशंकर पौडेल (रामेछाप), गंगा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), सागेतेम्बा लामालाई (रसुवा)को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिए।

प्रकाशित: ३ फागुन २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =