रुबिनाको कीर्तिमानी शतकमा नेपालको ऐतिहासिक जित

हिमाल प्रेस १ फागुन २०८० १४:०५
30
SHARES
रुबिनाको कीर्तिमानी शतकमा नेपालको ऐतिहासिक जित

काठमाडौँ- रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी महिला प्रिमियर कपमा समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा माल्दिभसमाथि २१४ रनको फराकिलो जित निकालेको छ।

लगातर तेस्रो जित निकालेको नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनल पुगेकाे छ। पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो।

माल्दिभ्स प्रयितोगितामा जितविहिन बनेको छ। यसअघि माल्दिभ्सले भुटानसँग ९४ र हङकङसँग १७२ रनको पराजय ब्यहोरेको थियो।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा मंगलबार नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै समेटियो। माल्दिभ्सका कुनै पनि ब्याटिरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि अस्मिना कर्माचार्यले चार, रुबिना र पूजा महताले समान तीन विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो। महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठूलो योगफल हो। यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्ध १६४ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले ५९ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११८ रनको योगदान गरिन्। यससँगै रुबिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेकी छन्। यो नेपाली महिला क्रिकेटरले एकै खेलमा बनाएको सर्वाधिक ब्यक्तिगत रन पनि हो। यसअघि कतारविरुद्ध सीता रानामगरले अविजित ८२ रन बनाएकी थिइन्।

यसैगरी पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ५९, सीता रानामगरले १५ र कविता कुँवरले १३ रन बनाए। पाँचौं विकेटका लागि रुबिना र पूजाले अविजित १६६ रनको साझेदारी गरे। यो नेपालका लागि सर्वाधिक ठूलो रनको साझेदारी हो। माल्दिभ्सका लागि शम्मा अलीले तीन र नब्बा नसिमले एक विकेट लिए।

प्रकाशित: १ फागुन २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =