कुमारी बैंकको तेइसौँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २९ माघ २०८० १३:४५
कुमारी बैंकको तेइसौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ– कुमारी बैंक लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा आइतबा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभाबाट सामान्य प्रस्तावका रूपमा पेस गरिएको आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ।

यसैगरी सभाले आव२ ०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ।

साधारणसभामा भएको सञ्चालक चुनावमा स्थापक सेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

प्रकाशित: २९ माघ २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =