जुलिज केक र पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

हिमाल प्रेस २९ माघ २०८० १३:२९
जुलिज केक र पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

ललितपुर- दुई दशकदेखि बेकरी व्यवसायमा अग्रस्थानमा रहँदै आएको जुलिज केक र पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ। दुई दशकको यात्रामा हरेक पटक नवीनतम प्रविधिलाई अंगाल्दै आएकोमा हाल आफ्नै इकमर्स प्लेटफर्म सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आइटमहरु सहजै घरमा मगाउन सक्नेछन्। यो रणनीतिक कदमले ग्राहकको सुविधाका लागि आफ्नो प्रतिबद्धतालाई मात्र होइन यसको अनुकूलनलाई पनि प्रतिबिम्बित गर्ने दाबी कम्पनीको छ।

जुलिज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानांगले नयाँ प्रविधिलाई आत्मसात् गरेर ग्राहक सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। जुलीले फुडमान्डु, मुन्चा, ठमेल डटकम भोजजस्ता प्लेटफर्महरूसँग साझेदारी गर्दै आएको छ।

प्रकाशित: २९ माघ २०८० १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =