क्यानडाविरुद्ध टस जितेर बलिङमा नेपाल, हेमन्त धामीको ‘डेब्यु’

हिमाल प्रेस २९ माघ २०८० ९:१६
12
SHARES
क्यानडाविरुद्ध टस जितेर बलिङमा नेपाल, हेमन्त धामीको ‘डेब्यु’

काठमाडौँ- क्यानडाविरुद्धको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले सुरुवातमा बलिङ रोजेका हुन्। आजको खेलमा युवा खेलाडी हेमन्त धामीले डेब्यु गरेका छन्।

यू-१९ मा उत्कृष्ट छाप छाडेका हेमन्त धामी आज सुरुवाती ११ मा परेका छन्। उनी तीव्र गतिका बलर हुन्।

आजको खेलमा सोमपाल कामी र रिजन ढकालमा सुरुवाती ११ मा छैनन्।

उनीहरूको विकल्पमा धामीलाई मैदान उतारिको हो।

क्यानडाविरुद्ध नेपालले यसअघि नै श्रृंखला जितेको छ। नेपाली टोली आज श्रृंखला ‘क्लीनसीप’ लक्ष्यमा छ भने क्यानडाली टोली सान्तवना जितको खोजीमा छ। यसअघिका २ खेल नै नेपालले जितेको छ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो। नेपालले कुल ४ परिवर्तन गरेको छ ।

पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन्। हेमन्त डेब्यु गर्दैछन् ।

क्यानडाले पनि टोलीमा ३ परिवर्तन गरेको छ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भीम सार्की

बेन्च : सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख

क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त

 

प्रकाशित: २९ माघ २०८० ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =