नेपाल-भारत सीमा बन्द गर्ने होइन, नियमन गर्ने हो : गृहमन्त्री

हिमाल प्रेस २८ माघ २०८० १८:३४
6
SHARES
नेपाल-भारत सीमा बन्द गर्ने होइन, नियमन गर्ने हो : गृहमन्त्री

काठमाडौँ- प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय सीमा क्षेत्रमा अनुगमन नै नगर्ने भन्ने नभएको बताएका छन्।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आज (आइतबार) को बैठकमा सदस्यहरूको जिज्ञासाको जबाफमा मन्त्री श्रेष्ठले भने, ‘खुला हुनुको अर्थ नियमन गर्नेमा ध्यान नदिने भन्ने होइन। कूटनीतिक तहमा कुराकानी गरेर समाधान गरिनुपर्छ। हामी कुराकानी गर्दैछौँ।’

सरकारले एक पक्षीयरूपमा यस विषयमा निर्णय नगरी भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट निष्कर्षमा पुर्‍याउने बताए।  सांसदले सीमा नियमनबारे उठाएका विषयलाई गम्भीर रूपमा लिएको बताए। ‘खुला बोर्डर भनेको सिमा नाका प्रवेशमा जाँच गर्न नसकिने भन्ने होइन। एकीकृत सुरक्षा जाँच चौकीमा  यता आउनेको नेपालले र उता जानेको भारतले दर्ता गर्ने प्रणाली बसाल्न सकिन्छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न आवतजावत गर्ने व्यक्तिसँग परिचय माग्ने विषय दुवै देशको राष्ट्रिय स्वार्थ र हितमा हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन अघि नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीसँग जोडिएको द्वन्द्वको घटना भएको बताउँदै उनले तत्कालै छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदन कार्यान्वनको चरणमा रहेको जानकारी दिए।

प्रकाशित: २८ माघ २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =