सोनापुर मिनरल्स् एन्ड आयलको १६ को औँ वार्षिक साधारणसभा

हिमाल प्रेस २८ माघ २०८० १२:४१
सोनापुर मिनरल्स् एन्ड आयलको १६ को औँ वार्षिक साधारणसभा

काठमाडौँ- सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेड १६ को औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा दाङको घोराही उपमहानगरपालिका-१५ होटल माला इनमा सम्पन्न भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/०८० को नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ।

यसैगरी आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचनाकुमारी ओझा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: २८ माघ २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =