नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज

हिमाल प्रेस २७ माघ २०८० १६:४९
32
SHARES
नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज तस्बिर : क्यान

काठमाडौँ- नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ।

त्रिवि मैदानमा शनिबार क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। नेपालले एक खेल बाँकी छँदै सिरिज जितेको हो।

आजको खेलमा विजयी भएसँगै नेपालले सिरिज जितेको हो। नेपालले पहिलो खेल ७ रनले जितेको थियो। सिरिजको अन्तिम खेल आगामी सोमबार हुनेछ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गर्‍यो। कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतक बनाए।

कप्तान पौडेलले ८७,  खनालले ७६, साहले ५० रन बनाए।

प्रकाशित: २७ माघ २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =