क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने

हिमाल प्रेस २७ माघ २०८० ९:२०
8
SHARES
क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने

काठमाडौँ- क्यानडाविरुद्धको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपाल टस हारेको छ।

टस जितेसँगै क्यानडाले सुरुवाती ब्याटिङ रोजेको हो। कीर्तिपुर क्रिकेट मैदानमा केही समयपछि खेल सुरु हुँदैछ।

टोलीमा नेपाल यू-१९ क्रिकेट टोलीका तीव्र गतिका बलर आकाश चन्दले डेब्यु गर्ने भएका छन् ।

आकाशले पहिलो खेलबाट स्पिनर ललित नारायण राजवंशीको स्थान लिँदै डेब्युको अवसर पाएका हुन्। उनी नेपालबाट ओडीआई खेल्ने ४० औं खेलाडी बनेका छन्। उनलाई शरद भेषावकरले क्याप दिएका थिए। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो।

प्रकाशित: २७ माघ २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =