
काठमाडौँ- गोपीकृष्ण मुभिज प्रालिले काठमाडौँको चाबहिलमा २८ वर्ष पुरानो हल बन्द गर्ने घोषणा गरेको छ।
प्रबन्धक निरक पौडेलले आउँदो १ फागुनदेखि हल नखुल्ने बताएका छन्।
पौडेलका अनुसार कोरोनाकालमा व्यवसायमा परेको असर र राज्यले बढाएको आयकर, मनोरञ्जन कर, भवन, जग्गाको करमा जरिबानाका कारण हल बन्द हुन लागेको हो।
‘राज्यको विद्यमान कर प्रणालीले गर्दा पनि व्यवसाय बन्द गर्नुपरेको हो।’ निर्देशक पौडेलले भने।
प्रकाशित: २७ माघ २०८० ८:४६
प्रतिक्रिया