नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

हिमाल प्रेस २६ माघ २०८० २१:४१
12
SHARES
नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

काठमाडौँ- राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ। विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज  (शुक्रबार) छलफल गरेको हो।

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरूका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए। विकास निर्माणका परियोजनालाई नयाँ ढंगले कार्यान्वन गर्नुपर्नेमा उनले जोड दिए। साथै उनले सबै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिन नहुने बताए।

‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ।’

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ माघ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =