कोशी सरकार विस्तार : बन्यो १० सदस्यीय मन्त्रिपरिषद्

हिमाल प्रेस २६ माघ २०८० १७:३५
16
SHARES
कोशी सरकार विस्तार : बन्यो १० सदस्यीय मन्त्रिपरिषद् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज शुक्रबार चारजना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्न लाग्दा बल्ल कार्कीले सरकार विस्तार गरे।

आज विस्तार भएसँगै १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ। स्वास्थ्यन्त्रीमा प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री, शम्शेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री, गणेशप्रसाद उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री, गणेश प्रसाद जवेगु भौतिक पूर्वाधार विकासमन्त्री,  रामकुमार खत्री उद्योग कृषि तथा सहकारीमन्त्री,

खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रीमा नारायण बुर्जा मगर, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ रहेका छन्।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन्। नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र गुरुङ कांग्रेसका हुन्। उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीनजना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येका हुन्।

यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २६ माघ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =