काठमाडौँ- भ्रष्टाचार मुद्दामा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो।
अदालतले मेहतालाई २० हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ। मेहताविरुद्ध अख्तियार दुरुपयोग अनसुन्धान आयोगले घरको नक्सा पास गर्न २० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको थियो।
प्रकाशित: २६ माघ २०८० १७:०६
प्रतिक्रिया