कोशी सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति

हिमाल प्रेस २६ माघ २०८० १३:२०
10
SHARES
कोशी सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति

इटहरी- कोशी प्रदेश सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति भएको छ। विराटनगरमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा विभिन्न पाँच बुँदामा सहमति जुटेको हो।

प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्नुपर्ने पहिचान पक्षको मागमा प्रदेश सरकारले सहमति जनाएको छ।

सहमतिअनुसार पहिचानका आधारमा पुनः नामांकन गर्न दुवै पक्षले पहल गर्ने,आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहाेर्ने, आन्दोलनकारीलाई लगाइएको मुद्दा फिर्ता लिने, पहिचान पक्षले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र अर्को वार्ता १० गतेभित्र सहमति भएको हो।

वार्तामा सरकारी पक्षबाट मा.श्री कमलप्रसाद जबेगु, मा.श्री गणेशप्रसाद उप्रेती, प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त संघर्ष समितिबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई,दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बू, अर्जुन जमेली राई, डम्बर लाओती (जेन्टल) पदम जवेगु र चन्द्रकुमार चौधरी छन्।

प्रकाशित: २६ माघ २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =