आज सुनको मूल्य बढ्याे

हिमाल प्रेस २६ माघ २०८० ११:२९
20
SHARES
आज सुनको मूल्य बढ्याे

काठमाडौँ–  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १‍०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २६ माघ २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =