त्रिवि उपकुलपति : १४ जना छनोट [नामसहित]

हिमाल प्रेस २६ माघ २०८० ९:४८
94
SHARES
त्रिवि उपकुलपति : १४ जना छनोट [नामसहित]

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ मध्ये १४ जना छनोट भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको हो।

१४ जनाभित्र कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन्।

१४ जनाले शिक्षा मन्त्रालयमा माघ २९, फागुन १ र २ गते सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नेछन्। उक्त कार्ययोजनामा अब्बल हुनेलाई समितिले उपकुलपति नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

यसपालि खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो। उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो।

उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो। हाल त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. शिवलाल भुसाल छन्।

प्रकाशित: २६ माघ २०८० ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =