पोखरामा सुनका गहना चोरी आरोपमा एकजना पक्राउ

हिमाल प्रेस २६ माघ २०८० ९:३०
14
SHARES
पोखरामा सुनका गहना चोरी आरोपमा एकजना पक्राउ

पोखरा- पोखरामा सुनका गहना चोरी आरोपमा एकजना पक्राउ परेका छन्। विवाह पाटीमा आएकी एक महिलाको गहनासहितको ब्याग चोरी गरेको आरोपमा पोखरा–१६, बाटुलेचौरका ३५ वर्षीय सञ्जय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बिहीबार साँझ ७ बजे पोखरा नदीपुरस्थित शाक्य समाज घरमा विवाह पाटीमा सहभागी एक महिलाको टेबुलमा राखेको लेडिज ब्याग हराएको थियो। उक्त ब्यागभित्र नगद साढे १२ हजारसहित २ थान सुनको टप, १ थान सुनको तिलहरी र मोबाइल थियो।

प्रहरीले खोजबिन गर्दा श्रेष्ठलाई गहनासहित पोखरा–३, नारायणस्थानबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी श्रवणकुमार बिकले जानकारी दिए। श्रेष्ठलाई चोरीसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बिकले बताए।

प्रकाशित: २६ माघ २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =