नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

हिमाल प्रेस २५ माघ २०८० १३:०९
8
SHARES
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ- क्यानडाविरुद्ध नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुई देशबीचको एक दिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले १० विकेट गुमाउँदै २२४ रन बनाएको हो।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको मध्यस्तरका खेलाडी सम्मालिन सकेनन्।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर आशिफ शेख ८ रन र कप्तान रोहित पौडेल ८/८ रनको योगदान दिँदा बनाउँदा भीम सार्की १७ र कुशल मल्ल २० रनमा आउट भए।

आरिफ शेखले ३८, पवन सर्राफ १५, सूर्य तामाङ १० र ललित राजवंशी १ रनमा आउट भए। ८ औँ स्थानमा मैदान छिरेका सोमपालले २७ रनको योगदान दिए। क्यानडाका लागि उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए। दोस्रो इनिङको खेल केही समयपछि सुरु हुनेछ।

प्रकाशित: २५ माघ २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =