बाबुरामको प्रश्न : सबै क्षेत्रमा प्रतिबन्ध गरेपछि जनताले कहाँ गएर आफ्ना माग सुनाउने?

हिमाल प्रेस २५ माघ २०८० १०:४५
40
SHARES
बाबुरामको प्रश्न : सबै क्षेत्रमा प्रतिबन्ध गरेपछि जनताले कहाँ गएर आफ्ना माग सुनाउने?

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषण तथा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन्।

डा.भट्टराईले सामाजिक संजालमा एक पोस्ट गर्दै लेखेका छन्,‘बालुवाटारमा प्रतिबन्ध! सिंहदरबारमा प्रतिबन्ध! बानेश्वरमा प्रतिबन्ध! माइतीघरमा प्रतिबन्ध! शान्तिबाटिकामा प्रतिबन्ध! ……जताततै प्रतिबन्ध?’

जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै डा.भट्टराईले जंगल कि खोलानाला भन्दै प्रश्न गरेका छन्। उनको प्रश्न छ,‘जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने त? अनकंटार जंगलमा ? कि खोलानालामा ?’

‘यही हो जनतामा निहित सार्वभौमसत्ता? उन्नत लोकतन्त्रमा जनताको निरन्तर निगरानी र खबरदारी अनिवार्य हुन्छ हैन र? अनि किन सार्वजनिक विरोधमाथि निरन्तर संकुचन/अंकुश?’ बाबुरामले थप प्रश्न गरे।

जनता सडकमा उर्लेर नै लोकतन्त्र र गणतन्त्र स्थापना भएको भन्दै डा.भट्टराईले फेरि जनता सडकमा उर्लन सक्छन् भन्ने सत्ताधारीहरूलाई हेक्का रहनुपर्ने उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =