निमोनियाका लक्षण र उपचार

हिमाल प्रेस २५ माघ २०८० ७:५४
10
SHARES
निमोनियाका लक्षण र उपचार प्रतिकात्मक तस्बिर

निमोनियाका लक्षण

निमोनियाको जटिल संक्रमण रोक्नका लागि रोगको निदान सकेसम्म छिटो हुन आवश्यक हुन्छ।

यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्।

यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्।

यसको जटिल संक्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ।
अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ।

निमोनियाको उपचार?

यसको संक्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।

धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ।

तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ। अस्पतालमा मानिसहरूलाई साधरणतया श्वासप्रश्वास सहज बनाउनका लागि अक्सिजनसँगै झोल औषधी र एन्टिबायोटिक दिइन्छ।

बिरामीहरूको छातीको एक्सरे गरिन्छ र अन्य अवस्था पत्ता लगाउन रगत पनि जाँच गरिन्छ।
बीबीसीबाट साभार

प्रकाशित: २५ माघ २०८० ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =